https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सुत्केरिको मृत्युपछि प्युठान अस्पताल तनावग्रस्त

प्युठान,  १९ बैशाख – जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानियद्वारा बिरोध प्रदर्शन भएको छ । उनीहरुले अस्पताल तोड्फोड समेत गरेका छन् । आन्दोलित स्थानीयले जिल्ला अस्पताल बिजुवार परिसरमा भेला भएर अस्पताल प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि बिहानैदेखि तनावग्रस्त बनेको हो । मृतकका आफन्तले दोषीलाई कारवाहिको माग गर्दै प्युठान भालुवाङ सडक खण्डमा सवारि साधन चल्न दिएका छैनन् । मृतकको शब समेत आफन्तले बुझेका छैनन् ।

आन्दोलनकारीले अप्रेशन थ्रेटरमा तोडफोड गर्न थालेपछि अस्पतालमा सुरक्षा तैनाथ बढाईएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए। स्थानिय प्रशासनले अस्पताल परिसरमा निशेधित क्षेत्र घोषणा गरेको छ ।

मंगलवार बिहान सुत्केरी ब्याथा लागेपछि भर्ना हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुन नसक्ने भएपछि दिउँसो बाह्र बजे शलक्रीया गरि बच्चा निकालिएको थियो।

शल्क्रीया गरेको झण्डै सात घण्टापछि  मगंलवार राती सुत्केरी महिलाको मृत्यु भएको थियो । शल्क्रीया पश्चात् चौबिस घण्टा सम्म केही खान नदिनु भन्ने चिकित्सकको सुझाबलाई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका प्रमुख अच्युत कार्कीले बताए ।

एता बिरामीको कुरुवा बिपना धामी भन्छिन् ‘अस्पतालको लापर्बाहीले मृत्यु भएको हो ।’ हामीले पानी पिलाएकै थिएनौं । सुत्केरि हुन जिल्ला अस्पतालमा आएकी प्युठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ कि राधिका धामीको मंगलवार राती मृत्यु भएको थियो।

तनाव बढेपछि अस्पतालको सबै सेवा ठप्प भएको छ ।  अहिले  पिडित पक्ष र प्रमुख जिल्ला अधिकारी सहितको प्रशासन बिच छलफल भईरहेको छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार