बझाङमा खोलाले जिप बगायो, तीनजनाको मृत्यु

बझाङ, २० वैशाख – बझाङमा खहरेखोलाले एक जिप बगाउँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपचालक कन्चनपुर जिल्ला दोधारा–चाँदनी बस्ने २८ वर्षीय रमेश चन्द, बझाङको खप्तडछान्ना गाउँपालिका–२, लामातोलाका ३२ वर्षीय ओमराज बन र बझाङकै केदारस्युँ गाउँपालिका–१, चौडालाका २८ वर्षीया असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका बझाङको तमैलबजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से१ज ८२० नम्बरको जिप जयपृथ्वी राजमार्गअन्तर्गत् जयपृथ्वीनगरपालिका–७, सुबेडामा चौठेखोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृतकको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।

अविरल वर्षासँगै आएको खोलाले सडकमा गुडिरहेको जिपलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बेलुकाको दुर्घटना भएपनि बिहीबार बिहानमात्र स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिप खोलाले बगाएर सडकबाट करिब ५० मिटर तल खोंचमा माटोले पुरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले दुर्घटनाग्रस्त जिपमा च्यापिएका मृतकका शव निकालेका थिए । यस्तै, बुधबार राति परेको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा जयपृथ्वी राजमार्गसमेत अवरुद्ध भएको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार