काठमाडौं, २२ बैशाख – धादिङ्गस्थित मुख्य राजमार्गमा तिन ठाउमा शक्तिशालि बम बिस्फोट भएको छ । बम बिस्फोट पछि उक्त क्षेत्रमा बन्दकर्ता र प्रहरीबीच झडप भएको बताइएको छ ।
त्यस्तै बन्दकर्ताले नवलपुरमा एउटा गाडी तोडफोड गरेका छन । खैरेनीटारमा बन्दकर्ताले एउटा गाडी जलाई दिएका छन् बन्दकर्ताले गाडी जलाएपछि प्रहरीले सो आरोपमा पाँच जना स्थानीय जनता पक्राउ गरेको बताइएको छ ।