http://jagdambacement.com/

विवादबीच कांग्रेस पदाधिकारी मनोनयन, निधि उपसभापति, खड्का महामन्त्री र महत सहमहामन्त्री

काठमाडौं – नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ ।

काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको आज बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उहाँहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

मनोनयन हुनुभएका तीनै जना पदाधिकारी सभापति देउवा पक्षका हुनुहुन्छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ । काँग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ ।

त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीलाई आज मनोनयन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार