सुनकाण्डमा निलम्बित प्रहरीले पाउनेछन् अाधा तलब

काठमाडौं, २४ वैशाख –  सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्बनमा परे पनि आधा तलब भने पाउने भएका छन्। उनीहरूले निलम्बनमा परेको दिनदेखि लागू हुनेगरी कूल तलबका ५० प्रतिशत पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘निलम्बनमा परेको दिनदेखि प्रहरीको तलब मासिक रूपमा आधामात्रै पाउने व्यवस्था छ’, प्रहरी प्रवक्ता मनोज नेउपानेले भने, ‘अदालतको आदेशलाई स्वीकार्नुपर्ने भन्दे दोषी ठहर भएमा कारबाही भोग्न प्रहरी अधिकारीहरू तयार हुनैपर्छ।’

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका अभियुक्तहरू दोषी ठहरिए कस्तो कारबाही होला भन्ने विषयले चर्चा पाउन थालेको छ। यस प्रकरणमा प्रहरी उचच अधिकारीदेखि व्यापारीसम्म मुछिएका कारण सबैको ध्यान अहिले त्यतातिर मोडिएको हो।

मोरङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले अभियुक्तहरूको बयान लिने काम सकिएपछि मात्र के कारबाही हुने भन्ने निर्क्योल हुने बताए। ‘बयान लिने क्रम जारी छ। बयानका आधारमा कुन ऐन आकर्षित हुन्छ। त्यही आधारमा कारबाही प्रक्रिया अघि बढ्छ’, उनले भने। – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार