जन्मथलो कास्कीमा घर बनाउने प्रचण्डको तयारी

कास्की, २४ वैशाख –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मथलो कास्कीको लेवाडेमा घर बनाउने भएका छन्। बसाइा सरेको ५६ वर्षपछि प्रचण्डले जन्मथलो लेवाडेमा शनिवार घर बनाउने जग्गा हेरेर फर्केका हुन् जन्मथलोमा घर निर्माणका लागि उपयुक्त जग्गा हेर्न प्रचण्ड परिवारसहित पुगेका हुन्।

२०११ सालमा तत्कालीन ढिकुरपोखरी गाविस २ (हालको माछापुच्छ्रे गाउँपालिका–१० स्थित लेवाडेमा जन्मेका प्रचण्ड आठ वर्षको हुँदा परिवारसँगै चितवनको शिवनगरमा बसाइँ सरकेको थियो।

प्रचण्डका बुबा मुक्तिरामले आफ्नो नाममा रहेको घरजग्गा दाजुभाइलाई बेचेर चितवन बसाइँ सरेका थिए। जग्गा बेचेर गएका कारण परिवारको नाममा कुनै जग्गा नभएका कारण प्रचण्ड उपयुक्त जग्गाको खोजीमा छन्।

यसअघि प्रचण्डका आफन्तले बिक्री गरेको र हाल हरिध्वज तुलाचनको नाममा रहेको  एक सय २० रोपनीको प्लट मन पराएको काका कुलप्रसाद दाहालले बताए।

प्रचण्डले सोही प्लटमा पाँचदेखि सिात रोपनी जग्गा किन्न चाहेको उनले बताए। हाल सो जग्गाको मूल्य प्रतिरोपनी ५० लाखको हाराहारीमा पर्ने बताइएको छ। – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार