देशभरका २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं, २४ वैशाख – सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बेंक खाता आईबार साँझदेखि रोक्का भएका छन् ।

सरकारबाट सूचीसहित खाता रोक्का गर्न पत्राचार भएको थियो । सूचीमा भएका सबै समितिको खाता रोक्का भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘अब सरकारकै निर्देशन नआएसम्म ती खाता फुकुवा हुनै छैनन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार तोकिएका समितिहरूको खाता रोक्का गर्न निर्देशन आएको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ । सरकारले सम्मपति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार