तीन वर्षका लागि यार्सागुम्बा संकलन गर्न नपाइने

रुकुम, २४ बैशाख – जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

गत वर्ष मात्रै त्यहा यार्सा संकलन गरिएको थियो । कम यार्सा पाइने हुँदा प्रत्येक वर्ष टिप्दा लोभ हुने भन्दै बन्द गर्न लागिएको जनाइएको छ ।

स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत आउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार