काठमाडौं, २५ बैशाख – नेपाल राष्ट्र बैंकले आगामी जेठ २ गतेबाट दुुई अर्ब रुपैयाँको नागरिक बचत पत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले बार्षिक नौ प्रतिशत व्याजदर तोकेर पाँच बर्षिय अवधिको नागरिक बचतपत्र २०८० जारी गर्न गर्न लागेको हो ।
जेठ २८ गते निष्काशन मिती तोकिएको बचत पत्र खरिदको लागि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । बचतपत्रमा प्रत्येक छ, छ महिनामा व्याजदर भुक्तानी दिईने राष्ट्र बैंकले जानकारी दिएको छ ।
खरिदकर्ताहरुको लागि घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निशेष भाग जाने अंकसम्को सिमा तोकिएको छ । नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने उक्त बचत पत्र धितो राखेर राष्ट्र बैक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने छ ।