पञ्जाबी रितिरिवाज अनुसार आज भव्य समारोहका बीच विवाह सम्पन्न
नयाँ दिल्ली एजेन्सी- बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द आहुजाको आज भव्य समारोहका बीच विवाह भएको छ। सोनमकी काकी कविता सिंहको बान्द्रास्थित पुस्तैनी भवनमा पञ्जावी रीति रिवाज अनुसार विवाह भएको हो।
विहेमा सोनम रातो लेहंगामा सजिएकी थिइन्। समारोहमा सोनम र आनन्द निकै खुसी देखिन्थे। वैवाहिक समारोहमा बलिउडकर्मीको बाक्लो उपस्थिति थियो । सोनम र आनन्दको जोडीलाई शुभकामना दिन बलिउडका कलाकारहरु अभिषेक बच्चन, रणवीर सिंह, अर्जुन कपुर, करिना कपुर, सैफ अली खान, ज्याकलिन फर्नान्डिज,रानी मुखर्जी, रणबीर सिंह, आमिर खान पुगेका थिए।