https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नेपाल लाईफ इन्स्योरेन्समा दुुई जना सञ्चालक नियुुक्त

काठमाडौं, २६ बैशाख – नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दुुई जना सञ्चालक नियुुक्त गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार कम्पनीको यही बैशाख २३ गते बसेको सञ्चालक समितीको दुुई सय ६८ औं बैठकले स्वतन्त्र सञ्चालककोरुपमा कमलेश कुुमार अग्रवाल र सोही दिन बसेको दुुई सय ६९ औं बैठकले संस्थापक सेयरधनी समुहका तर्फबाट राम अवतार अग्रवालाई सञ्चालकमा नियुुक्त गरेको हो ।

चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुक्ता पुंजी कायम गरेको नेपाल लाईफले सो अवधिमा ४३ करोड ५७ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रति सेयर आम्दानी १३ रुपैयाँ २१ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ८६ रुपैयाँ ५५ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा ४० करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार