मृत्युपछि पनि शरीरभित्र वृद्धि भइरहन्छन् यी अंगहरु !

मृत्यु एउटा यस्तो रहस्य हो जसको बारेमा कसैलाई पनि राम्रो गरी थाहा छैन । मरेपछि हाम्रो आत्मा र जीवनको बारेमा विभिन्न किसिमका मान्यताहरु विद्यमान छन् । तथापि विज्ञानको दृष्टिमा मृत्युपछि पनि शरीरमा विभिन्न किसिमका परिवर्तन भैरहने भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।

भास्कर दैनिकमा प्रकाशित समाचारअनुसार मृत्युपछि मृत शरीरमा विभिन्न चीजहरु कसरी परिवर्तन भैराख्छ भन्ने उल्लेख छ ।

मृत्यु पछि बदलिन थाल्छ शरीरको रंग

मृत्युपछि मृत शरीरको रंग तीव्र रुपमा परिवर्तन हुन थाल्छ । सबभन्दा पहिले रगतको प्रवाह रोकिएपछि शरीरको रंग नीलो हुन थाल्छ । यसपछि रगत पानीमा बदलिन थाल्दछ र शरीरको रंग पहेंलो हुन थाल्दछ ।

जीवित रहन्छ छालाको सेल
मृत्युपछि ब्लड सर्कुलेशन रोकिन्छ । यसबाट दिमागमा अक्सिजन पुग्दैन । यस्तोमा सबभन्दा पहिले मस्तिष्कले काम गर्न छोड्छ । तर यसो भएपनि छालाको कैयौं कोषले काम गरिरहन्छ । केही कोष केही दिनमा मर्दछ तर केही कोष केही दिन सम्म जीवित रहन सक्छ ।

डाइजेस्टिव सिस्टम

हाम्रो शरीरभित्र कैयौं प्रकारको यस्ता सूक्ष्म जीव पाइन्छ जुन व्यक्ति मरेपछि पनि शरीरमा जीवित रहन्छ । जसमा पैरासाइटिक पनि हुन्छ जसले भोजनलाई डाइजेस्ट गर्न मद्दत गर्दछ । मृत्युपछि पनि यी जीवित रहेर कार्य गर्दछ जसबाट शरीरमा ग्याँस बन्दछ र मृत्युपछि शरीर फुल्न थाल्दछ ।

मूत्र उत्सर्जन
मृत्युपछि पनि शरीरबाट मूत्र उत्सर्जनको प्रक्रियाले काम गर्दछ किनकी ब्लड सर्कुलेशन रोकिँदा मसल्स कडा हुन थाल्दछ ।

रौंको वृद्धि भएको देखिनु
कैयौं धर्मअनुसार मृत्युपछि शरीरलाई खाल्डो खनेर पुरिन्छ । प्राय जसो सुन्ने गरिन्छ कि शवको रौं पहिले भन्दा लामो भएको छ तर यो पूर्ण रुपमा साँचो होइन । रौं केही हदसम्म वृद्धि हुन्छ अरु छाला तानिएको कारणले लामो भएजस्तो लाग्दछ ।

नङ बढ्नु
मृत्युपछि नङको वृद्धिको घटना पनि सामुन्ने आएको छ । तर यो वृद्धि पनि शरीरको भित्र भएको परिवर्तनले नभएर रौं जस्तै छालाको तन्काईको कारणले बढेको जस्तो देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार