विवेकशील साझाको कार्यालयमा प्रहरी हस्तक्षेप, ब्यानर हटाइयो !

काठमाडौं, २८ वैशाख – विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ भन्ने नारासहितको ब्यानर बनाएर कार्यालयमा टासेको भेटिएपछि पार्टी कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौं आउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपपछि विवेकशीलका नेता रमेश पौडेलले सरकारले शान्तिपूर्ण विरोध गर्न पनि नदिएको गुनासो गर्नुभयो । ललितपुर प्रहरीले आज विवेकशील साझा पार्टीको कार्यालयमा गएर ‘मोदीजी, स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ लेखिएको ब्यानर हटाइदिएको छ ।

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेका बेला आज अपरान्ह प्रहरीले हस्तक्षेप गरेको हो । सो पार्टीका अनुसार डिएसपीको नेतृत्वको प्रहरी टोलीले पार्टी कार्यालयमा हस्तक्षेप गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार