राष्ट्रिय सभागृह अगाडी मोदी विरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, २९ बैशाख  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन समारोह स्थल प्रदर्शनीमार्गमा नाकाबन्दी विरुद्ध ब्यानर देखाउने विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

कांग्रेस निकट नेवि संघका नेता डुजाङ शेर्पासहति करिब १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘ब्लक्ट वाज क्राइम’ लेखिएको ब्यानर देखाएका थिए ।

नेवि संघका नेताहरु डुजाङ शेर्पा, टिका भण्डारी, शैलेन्द्र शर्मा गौंडेल, योगेन्द्र रावल, श्यामन लिम्बु, विजय श्रेष्ठ, पासाङ शेर्पा, गणेश भट्टराई, नवराज त्रिपाटी, सुनील शर्मा, दिपक ओझा, लगायतका विद्यार्थीले नाकाबन्दीको चर्को विरोध गर्र्दै प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरपालिकाले अपरान्ह ३ बजे राष्ट्रिय सभागृहमा आयोजना गरेको अभिनन्दन समारोहमा विद्यार्थीहरु पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार