https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

सिद्धबाबामा पहिरो जाँदा सयौं गाडी तथा यात्रुहरु अलपत्र

बुटवल३१ वैशाख –  भिषण वर्षाका कारण पहिरो जाँदा सयौं गाडी तथा यात्रुहरु अलपत्रमा परेका छन् । बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने सिद्धबाबामा गएराति पहिरो जाँदा गाडीहरु जाममा रहेको र यात्रुहरु अलपत्रमा परेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरोले गर्दा गुल्मी, पाल्पा, स्याङ्झा, बागलुङ, पर्वत, कास्की, अर्घाखाँची लगायतका अन्य जिल्लाका यात्रुहरु अलपत्रमा परेका हुन् ।वर्षादको समय भएकाले विभिन्न सडक खण्डमा पहिरो जाने र यात्रुहरु पलपत्रमा परिरहेको समेत प्रहरीले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार