सिटी एक्स्प्रेस फाइनान्सको १२औं वार्षिक साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

काठमाडौं – सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा यहि २०७५ बैशाख ३१ गते सोमबार सम्पन्न गरेकाे छ । उक्त साधारण सभामा अर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित भएको कम्पनिले जनाएकाे छ ।


नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पु¥याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको जानकारी सिटी एक्स्प्रेस फाइनान्स अध्यक्ष श्री चन्द्र टण्डनले गराउनु भयो ।


सो वार्षिक साधारण सभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालकमा श्री अजेश कोइराला र श्री ऋषिराम पौडेल निर्वाचित भएको कम्पनिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार