तालमेल नहुँदा संघीयता धरापमा – टोपबहादुर रायमाझी

अर्घाखाँची – नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बजेट जति सबै स्थानीय तह र प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुने बताउनु भएको छ । संघ सरकार, मन्त्री र सांसदलाई पनि विकास योजना सहितका बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

रिपोर्सर्ट क्लबले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा पूर्व उपप्रधानमन्त्री रायमाझीले सबै आ-आफनै ढंगले चल्दा संघीयता असफल हुनबाट रोक्न र गलत बाटोमा जान खोजेको भन्दै यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो आकारको बजेट र अधिकार, प्रदेस र संघीय संसदलाई बजेट विहीन बनाउँदा सम्बन्धमा पनि समस्या आउँनेमा उहाँले सचेत गराउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै नेता रायमाझीले चुनावमा तालमेल जस्तो पार्टी एकता सजिलो नभएको बताउनु भएको छ । भने जस्तो सजिलो पाटी एकता छैन उहाँले भन्नुभयो, ‘एकता असंभव पनि छैन । सम्मानजन हैसियतमा एकता गर्नुपर्छ ।’ उहाँले एकता कहिले हुन्छ मिति तोकिहाल्न नसकिने बताउनुभयो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशको आपसी सम्बन्ध थप बलियो भएको उहाँको दावी छ ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले मालारानी गाउँपालिकाको विजेट विनियोजन, क्रियाकलापमा चरम अत्याचार भएको दावी गर्नुभएको छ । उहाँले पालिका अध्यक्ष बालकृष्ण आचार्यले आफूले गरेको गलत र पक्षपतापूर्ण गतिविधि नसुधारे ‘छाया’ सरकार घोषणा गर्ने थगन पालिका कार्यालयमा धर्ना बस्ने चेतावनी दिनुभयो ।

एमाले जिल्ला सचिव रामबहादुर चौहानले कम्यूनिस्ट सरकारले मुलुकलाई सम्बृद्ध बनाउन मात्रै सक्ने दावी गर्नुभयो । उहाँले मालारानीका अध्यक्षले गलत गरेको प्रमाण पाइएमा पाटीले कारवाही गर्ने बताउनुभयो । माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर विकले स्थानीय तहले गरेको काम राम्रो भएकाले सम्बृद्धिको यात्रामा सहभागी हुने सबैलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापाले खेतबारी बाँझे नरोख्ने नीति बनाएर स्वरोजगारका कार्यक्रम अघि सारी सम्वृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटकीय स्थल सुपादेउराली मान्दिरमा आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना बनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सम्बृद्ध बनाउन बसाइ सराई रोकेर उत्पादनमा सबै लाग्नुपर्ने बताउनुभयो । हालै ५ नम्बर प्रदेशको राजधानी बुटवल सरुवा प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालालाई क्लबले विदाई गरेको छ ।

कार्यक्रममा अधिवक्ता जगन्नाथ भुसाल, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष हिम लेकाली लगायतले सम्बृद्ध जिल्ला बनाउन आ-आफनो ठाउँबाट भूमिका खेल्नुपर्ने बताका छन् । क्लबका अध्यक्ष रामकुमार क्षेत्रको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र केसीको विषयवस्तु प्रवेश तथा सचिव गणेश खनालको सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार