आजादको ट्विटविरुद्ध नेविसंघद्वारा विरोध प्रदर्शन र पुत्ला दहन

काठमाडौं  भारतीय सांसद कृति आजादको ट्वटीको विरोधमा नेपाल विधार्थी संघले शंकर देव क्याम्पस अगाडी विरोध प्रदर्शन गरेको छ ।  सांसद आजादले केही अघि ट्वीटरमा दुई सय वर्ष अगाडी अंग्रेज र नेपाल वीच भएको सन्धी अनुसार मिथिला भाग नेपाललाई दिईएको र सो समाप्त फिर्ता भन्दै ट्वीट गरेका थिए ।

नेपाल विरुद्ध गरेको ट्वीटको विरोधमा सांसद आजादले पुत्ला समेत दहन गरिएको नेपाल विधार्थी संघ शकरदेव क्याम्पसका विधार्थी नेता  टिका भन्डारी ले बताए ।

उनका अनुसार दुई देश वीच खल्ल पु¥याउने खालका अभिव्यक्ति वा ट्वीट गर्ने भारतीय सांसद आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकार लाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग राखेर विरोध प्रदर्शन सहित सांसद आजादको पुत्ला दहन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार