सुर्खेतबाट सम्पर्कविहीन विमान बाजुराको बगरमा भेटियो

काठमाडौं, २ जेठ  – मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान बाजुरामा भेटिएको जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।

सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । महाप्रबन्धक क्षेत्रीले विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेको बताए ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएपछि खोजीकार्य अघि बढाइएको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार