अाज बिहान ५ः४५ बजे गएकाे पहिरोले नारायणगढ—मुग्लिन सडकखण्ड अबरुद

चितवन, ३ जेठ —  नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार