पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३ जेठ – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै समायोजन गर्न भाउ बढाउनु परेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार