नेपाली रुपैया कमजोर हुने क्रम रोकिएन

काठमाडौँ, ४ जेठ – नेपाली रुपैया कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो ।

नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर, भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।

नेपाल राष्ट्र बैंकले विहीबार १ डलर बराबर १ सय ८ रुपैया ७८ पैसा तोकेको छ । यस्तै, बुधबार १ डलर बराबर बिक्रीदर १०९ रुपैयाँ २२ पैसा रहेको थियो भने मंगलबार मात्रै १ डलर बराबर १०८ रुपैयाँ ३२ पैसा थियो ।

डलरसंग रुपैयाँ कमजोर हुे क्रम लगातार भइरहेको देखिन्छ । वैशाखयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।- कारोबार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार