‘नेपाल कम्युनिस्ट पार्टी’मा अन्डरलाइन गरेर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकपछि नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। एमाले र माओवादीको एकतापछि बन्ने नयाँ दलको नाम नेकपा राख्ने यसअधि नै भएको सहमति अनुरुप उनीहरु त्यही दलको नाम लिएर निर्वाचन आयोग पुगेका हुन्।

निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता रहेको हुँदा एकीकृत पाटीृका नेताहरुले त्यही नाम ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएका छन्। निर्वाचन आयोगमा एउटै नामका दुई दल दर्ता गर्न नपाइने भएको हुँदा आफूहरुले नाममा अन्डरलाईन गरेको एक नेताले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार