अमेरिका हिडेकी युवति ‘पानी-पानी’ भन्दै समुद्रमै बिलाइन्

काठमाडौँ – विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ ।

खानेकुरा सकिएर यात्रु हैरान हुन्छन् । यत्तिकैमा खान नपाएर छटपटिइरहेकी एक युवतीको मृत्यु हुन्छ । जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ती युवतीको शव समुद्रमै फालिदिन्छन् । सोच्नुहोला, यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य–कथा हो ।

यथार्थ त्यस्तो होइन । यो त्यही सत्य घटना हो, जसमा तीन नेपाली युवतीसमेत प्रत्यक्ष साक्षी थिए । केही महिनाअघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो । उक्त पानीजहाजभित्र पानी र खाना नपाएर भक्तपुरकी सुमित्रा कुँवरको मृत्यु भयो । उनीसँगै रहेका दुई युवती सकुशल फर्किएपछि घटना बाहिर आएको हो ।

अमेरिका लगिदिने सपना देखाएर मानव तस्करले भारतको दिल्ली हुँदै विभिन्न देश पुर्‍याइएका तीनमध्ये २ नेपाली युवती महिनौंसम्म चरम संकट, अभाव, निराशा र सास्ती खेपेर सकुशल फर्किएका हुन् । उनीहरु करिब ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछि लागेका थिए । –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार