काठमाडौं, ८ जेठ – जिल्लामा अब ९ वटा मात्र कार्यालय रहने तय भएको छ।प्रवक्ता सुरेश अधिकारीका अनुसार जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला हुलाक, कोष तथा लेखा, निर्वाचन, मालपोत, नापी, जिल्ला अदालतत र सरकारी वकिलको कार्यलय मात्र रहनेछन्।
अरु कार्यालय स्थानीय तहअन्र्तगत रहनेछन्।जिल्लामा वन कार्यालय नरहे पनि केही समयका लागि सानो संरचना भने रहनेछ। अधिकारीका अनुसार केहीपछि वनको संरचना पनि डिभिजन कार्यलय वा स्थानीय तहमा गाभिनेछ। – कान्तिपुर दैनिक