प्रहरीद्वारा सुन तस्करीका मुख्य नाइके ‘गोरे’ सार्वजनिक

काठमाडौं, ८ जेठ – ३३ किलो सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने जनाएको छ।

गोरेबाट थप सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए। आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट उनलाई पक्राउ गरिएको छानबिन समितिले जनाएको छ।

उनको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार