सगरमाथा आरोहण गरी फर्कने क्रममा डोमा शेर्पाको मृत्यु

काठमाडौँ, ८ जेठ- सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा  गएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो ।

शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार