संगठित सुन तस्करीः २८ थुनामा, पर्दापछाडि को – को ?

काठमाडौँ, ९ जेठ — संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीले सर्वाधिक खोजी सुचीमा रहेका गोरे, भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट गलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन ।

पक्राउपछि गोरेले आफु सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यवापत आफुले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।

पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले भने । एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्, ती सदस्यले भने, प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए ।

प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् । कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार