काठमाडौं, १० जेठ – त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन्।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन्।
तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन। गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता/कार्यकर्तासम्म पुगेको थियो। – कारोबार दैनिक