काठमाडौं, ११ जेठ – सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।
सिण्डिकेटविरुद्ध एक्सन लिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सरुवा ‘कारवाही’मा परेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आफ्नो टिममा ल्याएका हुन्।
मन्त्री विष्ट वैदेशिक रोजगारमा रहेको समस्या सुधार्न प्रयत्नशील छन्।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।