काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सय दिनमा दर्जन विसंगति औंल्याएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै सरकारो सामन्य गति र दर्जन विसंगति प्रस्तुत गरेका छन् ।
कांग्रेसले औंल्याएको पहिलो विसंगति बारे उनले भने ‘मेरो देशको प्रधानमन्त्रीले सपथ लिदै गर्दा भगवानको नाममा, जनता नाममा, देशको नाममा कसैको नाममा गर्न नपर्ने सय दिनको सुरुवात यहि विसंगतिबाट भयो ।’
उनले ‘नेपालको संविधानको धारा ८६ को उपधारा २ को ख बमोजिम तत्कालिन सरकारले राष्ट्रियसभाका लागि गरेको सिफारिसलाई अनाधिकृत ढंगले अस्विकार गर्ने कर्म राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुमा सरकारको मनोवैज्ञानिक दबाब र उत्प्रेरणा दिने काम गर्यो’ त्यसलाई सरकारको दस्रो विसंगति भनेका छन् ।
राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतका निकायलाई प्रधानमन्त्री कार्यालय मातहत गाभनुलाई उनले सरकारको विसंगति भनेका छन् । उनले भने ‘सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने भन्ने तरंग ल्याउने अल्मल्याउने र यसलाई सत्ताको बार्गेनिङ चिप्सको रुपमा मात्र प्रयोग गरेर मधेश केन्द्रित दलसँग सम्वाद गर्ने अर्को विसंगति हो । नयाँ सरकार गठन पछि स्वेतपत्रमा नकारात्मक सूचकमात्र प्रस्तुत गरेर सरकारले अर्को विसंगति गर्यो ।’
उनले ‘सरकालको सय दिन वित्दै गर्दा प्रधानन्यायाधीश नियुक्ति गर्न नसक्नु न्यायलयलाई गरेको अन्याय हो सरकारको विसंगति हो ।’ भनेका छन् । ‘सरकाले प्रदेश सरकारको लागि ऐन कानुन, बजेट विनियोजन, कार्यक्रम पर्याप्त तर्जुमा गर्न नसक्नु विसंगति तर्फको अर्को कदम हो । चुनावमा जानुअगाडि उग्र राष्ट्रवादको कुरा गर्ने सरकारको नेतृत्वमा पुगेपछि त्यसलाई बिसर्जित गर्ने अर्को विसंगति हो ।’ उनले भने ।
‘कर्मचारीको मनोबल गिराउनु सरकारको अर्को विसंगति हो । लोकतन्त्रमा प्रमुख प्रतिपक्ष हुन्छ जसले सरकारको कमी कमजोरिमा एना देखाउछ जसरी अहिले सरकारको विसंगति देखाउदै गरेका छौ । अत्यावश्यक सामानको मूल्यवृद्धिले हुनु पनि अर्को विसंगति हो’ उनले भने ।
‘सरकारले सय दिन बिचमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम एक बर्षका लागि जारि गरिन्छ सरकारले यो मिचेको छ यो अर्को विसंगति हो’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन् ।
https://doc-10-50-docs.googleusercontent.com/docs/securesc/8or2afcgmumev27ugsf29js6mss0r2f7/7rbrguk60og5eh0tulhbb2urm7krt348/1527264000000/14425052442936073847/09625982935876106228/1cBtU8Tme0HxxwaHGoQGDwfHOXboRG_Fs?e=download