https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

अवैध बालगृहबाट ३३ बालबालिकाको उद्धार

रुकुम, १३ जेठ । अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । शनिबार जिल्ला बाल कल्याण समिति, मुसिकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुराएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् । — नेपाल समाचारपत्र दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार