स्पाइनल कर्ड इन्जुरी संघर्ष समिति आन्दोलनमा उत्रियाे

काठमाडौं, १३  जेठ – तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पालामा शारीरिक रुपमा अशक्त हुनेहरुलाई जीविकोपार्जन भत्ता दिने को निर्णय भएतापिन अझै सम्म पनि कार्यान्वयन हुन नसक्दा सरोकारवालाहरु विभिन्न  मागसहित अान्कोदाेलकाे मैदानमा उत्रिएका छन् ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल  इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु. ५  हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न वर्तमान  सरकारसँग माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

सरकारलाई सो जीविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धमा पटकपटक ज्ञानपपत्र र सरोकारवाला मन्त्रालयहरुलार्ई ध्यानाकर्षण सक्दा पनि आफ्नो माग सम्बोधन नभएका कारण थप संघर्षमा उत्रिनु परेको स्पाइनल  कर्ड इन्जुरी संघर्ष समितिले जनाएको छ ।

संघर्षका कार्यक्रमहरुमा हिजो नारायणटार–जोरपाटीमा खण्डमा विरोध कार्यक्रम आयोजना गरिएको थियो । जेठ १२ गते शनिवार (हिजो) जोरपाटी–साँखु सडक अपांग मैत्री बनाउने माग गरिएको थियो ।

जेठ १३ गते (आइतवार) आज बिहान ९ बजे माइतीघर मण्डलामा बृहत र्याली तथा बिरोध सभा आयोजना गरिएको जानकारी स्पाइनल कर्ड इन्जुरी संघकी  अध्यक्ष गायत्री दाहालले  हामिलार्इ जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार