सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, १३ जेठ – सरकारको आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो।

यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो। संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए।

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गरेका थिए। प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार