सनम शाक्यलाई टेकबहादुरले हत्या गरेको खुलासा, गोरेको बयानमा के छ ?

काठमाडौं, १४ जेठ — चुडामणि उप्रेती ‘गोरे’ले अदालताम दिएको २७ पृष्ठ लामो बयानमा भारतीय व्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुराउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् । उनले दुबईबाट कसले सुन पठाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन् ।

दुबईबाट भारतीय व्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेको अरोप लगाउन थालेको बताउँदै गोरेले विभिन्न व्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।

सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफू हत्यामा संलग्न नभएको गोरेको दावी छ । गारेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् । — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार