हैरावादलाई पराजित गदैं चेन्नाईले जित्यो आईपीएलको उपाधि

काठमाडौं, १४ जेठ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित हासिल गरेको छ।वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भएको हो।

टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गरेको थियो।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रहनपुग्यो। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे। ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे।

उनी म्यान अफ दि म्याच भए।एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए।बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक\एक विकेट लिए। यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए। युसुफ पठानले नटआउट ४५ रन बनाए ।

शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुलेकामा थिए। बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक एक विकेट लिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार