मापदण्ड विपरितःदुई पेट्रोल पम्पमा सिलबन्दी

काठमाडौं, १४ जेठ -सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ। सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतमा रहेका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा दुई वटा पेट्रोल पम्पमा सिलबन्दी गरेको हो।

मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल गरिएको जनाएको छ। प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको हो।

१० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ। त्यस्तै त्रिपुरेश्वरको मायाराम भुलाराम पेट्रोल पम्पमा स्वीच अन अफ गर्ने ठाउँमा इलेक्ट्रिक मेसिन जडान राखिएको पाइएको छ।

डिस्पेलिङ पम्पमा जडान भएर आउने ह्यान्डेल फालेर इलेक्ट्रिक मेसिन जडान गरेको पाइएपछि ह्यान्डेल मेसिन नै राख्न भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार