काठमाडौं, १५ जेठ – जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो र देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य भयो, शासन मात्र होइन, शासक पनि फेरिए । तर मुलुक गणतन्त्र स्थापनाको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रबर्द्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताइन् । मन्त्रिपरिषदकाे सिफारिशमा राष्ट्रपति कार्यालयले साेमबार साँझ ढुंगेलसहित ८१६ कैदीकाे बाँकी कैद सजाय माफी मिनाहा गरेकाे छ।
गणतन्त्र दिवसको अवसरमा २७ ज्येष्ठ नागरिकसहित गृहले ८४० कैदी बन्दीको कैद सजाय मिनाह गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। २४ जनाको अस्वीकृत भए पनि गणतन्त्र दिवसको अवसरमा बाँकी ८१६ जनाको कैद माफी मिनाहा हुने भएको छ।
सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”
मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे । परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ, दलहरुको कार्यशैली फेरिनेछ । उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
उनले मंगलबार शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्र दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भनी शुभकामना पनि दिएका छन् ।