स्वराजले सोमबार राती नै ट्वीट गरि आफ्नो अभिव्यक्तिमा गल्ति भएको र त्यसका लागि आफ्नो तर्फबाट क्षमा मागेकी हुन्। नेपालमा स्वराजले बोलेको विषयमा सामाजिक सञ्जालदेखि डिजिटल मिडियामा नकारात्मक चर्चा शुरु भएपछि भारतीय सरकारका तर्फबाट स्वराज आफैले टुइट गरि माफी मागेकी हुन्।
नेपाल र भारतबीच राजनीतिक तथा कुटनीतिक रुपमा सुध्रदै गरेको सम्वन्धलाई गम्भिरतापूर्वक लिइएको रुपमा स्वराजको माफीलाई हेरिएको छ। गल्ती गरेपछि पनि नसुने झै नगरि तत्काल गल्ती स्विकार्दै क्षमा माग्ने कार्य कुटनीतिक इतिहासमा भारतका तर्फबाट सकारात्मक पहलका रुपमा हेरिएको छ।
यसअघी काँग्रेस नेता गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा गरिएको नागरिक अभिनन्दमा आएका नागरिकलाई भारतीय भनेर स्वराजले गरेको टिप्पणीप्रति आश्चर्य प्रकट गरेका थिए।
थापाले यो मन्त्री स्वराजको अन्यौल हो वा नेपालको सार्वभौमीकता माथिको नजरअन्दाज हो भनी प्रश्न गरेका थिए। थापाले यो कुनै पनि मूल्यमा स्वीकार्न नसकिने जनाउँदै भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री स्वराज र भारतीय दुतावासलाई मेन्सन गरि ट्वीट गरेका थिए। नेता थापाको ट्वीट आएको केहि समय लगत्तै स्वराजको माफी मागेको ट्वीट आएको थियो।