चितवन, १६ जेठ — भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा भिषण आगलागी भएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे अागाे लागेको हाे । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाट समेत दमकल ल्याउने तयारी भइरहेको जानकारी दिइन् । आगलागीको कारण अहिले सम्मखुल्न सकेकाे छैन ।