भारत र चिनियाँ दूतावासको सूचना जुधेपछि शर्माको जागिर चट्

काठमाडौं, १७ जेठ — नेपालका लागि भारतीय राजदूतावास लैनचौरको प्रेस इन्फर्मेसन कल्चर वीङ्ग्स (पिआइसी)की प्रमुख रुबी जसप्रित शर्माको पूरा अवधि काम गर्न नपाउँदै सरुवा भएको छ ।

शर्माको सरुवापछि उक्त पदमा अभयकुमार दुवे आउँदै छन् । दुई दिनपछि शर्मा भारत फिर्ता हुन लागेकी छिन् । आफ्नो कार्यकालमा राम्रोसँग काम गर्न नसकेको भनेर शर्माको आलोचना भएको थियो । शर्मालाई बाँकी अवधि हुँदा–हुँदै हटाउन लागिएको स्रोतले जनाएको छ ।

अब आउन लागेका दुवे शर्मा भन्दा चलाख व्यक्ति हुन् । उनलाई भारतीय सरकारले विशेष जिम्मेवारीका साथ नेपाल पठाउँदैछ । शर्माले गोपाल झामार्फत नेपालका पत्रकारहरूलाई पैसा बाँडेर सूचना संकलन गर्दै आएकी थिइन् । झाले उनै शर्मामार्फत मासिक एकलाख ८० हजार रुपैयाँ बुझ्दै आएको दूतावास निकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार झाले सोही पैसामार्फत राजेश अहिराज, निमिष झामार्फत सूचना संकलन गरेर शर्मालाई रिपोर्टिङ गर्दै आएका थिए । निमिषलाई चिनियाँ दूतावास नजिक र अहिराजलाई नेपाली सेना निकटको भनेर दूतावास रिपोर्टिङ भएपछि शर्मा समस्यामा परेकी हुन् ।

भारतीय राजदूतावासमा झामार्फत पुग्ने सूचना चिनियाँ एम्वेसीमा समेत जस्ताको त्यस्तै पुग्न थालेपछि समस्या उत्पन्न भएको स्रोतको भनाई छ ।

भारतीय राजदूतावासले विभिन्न निकायमार्फत सूचना संकलन गर्दै आएको छ । पिआइसी प्रमुख शर्मालाई एम्वेसीले कारबाही स्वरुप हटाउन लागेको बताइएको छ ।  — यूनाइटेड पोष्ट साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार