सुनकाण्डका फरार एसएसपी खत्रीद्वारा अदालतमा आत्मसमर्पणगरि अाज बयान दिदै

काठमाडौं, १७ जेठ — साढे ३३ केजी सुन प्रकरणका आरोपी प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीद्वारा मोरङ जिल्ला अदालतमा आत्मसर्मपण गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार खत्री आफैं बिहीबार बिहान अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । स्रोतका अनुसार उनले आज बयान दिने छन् ।

३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा बयानको लागि खोजी गरिएका एसएसपी श्याम खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले केही महिनाअगाडि बयानको लागि बोलाएको थियो। टोलीले पत्र काटे लगत्तै खत्री फरार भएका थिए । फरार रहेका एसएसपी २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए।

२०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

अदालतबाट सफाइ पाएपछि एसएसपी खत्री नियमित काममा फर्किएका थिए ।

चैत ३० गते सरकारले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। टोलीले ३३ केजी सुन काण्डमा मुख्य योजनाकार चुडामणी उप्रेती ‘गोरे’, पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउतलगायत २८ जनालार्इ पूर्वक्षका लागि जेल चलान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार