पाल्पामा सहकारी संस्थाको भ्रमणटोली सवार बस दुर्घटना, चैध जनाको मृत्यु

तानसेन, १८ जेठ  पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परी बाह्र जनाकाे मृत्यु भएकाे छ। शुक्राबार बिहान ९ बजे रम्भा गाउँपालिका–४, होमिनमा बस दुर्घटनामा परेको हो।

लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भ्रमणटोली सवार लु१ख ९७५ नम्वरको बस दुर्घटना हुँदा बाह्र जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिल्लीराज पन्तले बताए। उनका अनुसार दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्। घाइतेको लुम्बिनि मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा तानसेन ४ का विष्णुमान बज्राचार्य,  तानसेन ३ का देवेन्द्रलाल प्रधान,  तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल,  तानसेन ६ का सचिन बज्रार्चाय, तानसेन ३ की बसन्ती खाण,  तानसेन ६ की गिता बुढाथोकी र तानसेन ३ की कमला कार्की रहेका छन् ।

जिपलाई साइड दिने क्रममा गएरातिदेखि परेको पानीका कारण कम्जोर बनेको सडक भासिदा बस सडकबाट दुई सय मिटर तल खसेको छ।

पाल्पामा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले शोक सन्देश जारी गर्दै  सभापति शेरबहादुर देउवाले घटनामा दुःख व्यक्त गर्नुका साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार