https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

पेट्रोलियम पदार्थको मूल्य वढ्योः पेट्रोल, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ वृद्धि

काठमाडौं, १९ जेठ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राती १२ बजेबट लागू हुने गरि पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य ३/३  र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको हो ।

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर वृद्धि गरिएको  छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार