https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

५५ जना प्रहरी निरिक्षकको नायव उपरीक्षकमा बढुवा (सूचीसहित)

काठमाडौं, २० जेठ – चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको छ।

एआइजीदेखि जवानसम्म पद रिक्त भए पनि बढुवा समिति निष्त्रि्कय थियो। नयाँ कार्यमूल्यांकनको समय निकट आउँदा पनि बढुवा अगाडि नबढाउँदा गृह र प्रहरी प्रशासनको आलोचना भएको थियो।

असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजनासहित प्रहरी प्रशासन अघि बढेको छ । प्रहरी प्रमुखमा आइजीपी आएपछि प्रहरी बढुवालार्इ तीव्रता दिइएको हो । उनले पदभार ग्रहण गरीसकेपछि सुरु भएको बढुवा प्रकृया अन्तर्गत आइतबार ५५ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिले बढुवाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको हो । अब समितिको सिफारिस अनुसार मन्त्रालयले उनीहरुको बढुवाको निर्णय गर्नेछ ।

बढुवाहुनेहरुकाे नामावलि –

 

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार