वीर अस्पतालमा व्यापक अनियमितता छानविन शुरू

काठमाडौं, २१ जेठ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको छ।

समाचारका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान समिति बनाई उपसचिव यमप्रसाद भुसालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको वीर अस्पतालको उच्च स्रोतले जनाएको छ।

उक्त अनियमितताको विषयमा विगतको सरकार प्रमुख प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा, सार्वजनिक खरिद अनुगमन कार्यालयका साथ विभिन्न चरणमा गरेको अनुसन्धान प्रतिवेदनले वीर अस्पतालमा व्यापक अनियमितता भएको भन्दै छानविनका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो। –  नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार