देउवा सरकारको पालामा पेट्रोलको मूल्य बढ्दा सडकमा अाेर्लने अनेरास्ववियु कता ?

By onnnews

June 04, 2018

काठमाडौं, २१ जेठ – नेपाली राजनीतिको तीतो यथार्थ यस्तो छ कि भातृसस्थाका कार्यकर्ताहरु विपक्षी दलका हुनासाथ चिच्याएर भुकम्पै ल्याउँला जस्तो गर्छन् । तर आफ्नो पार्टी (बाम गठबन्धन)काेे सरकार भएका बेलामा जस्तासुकै गल्तीलाई पनि नदेखेजस्तो गर्छन् ।

प्रसंग हो विघटित नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाको । उनी अहिले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन (नेकपा)को केन्द्रीय सदस्य तथा सांसद समेत भएकी छिन् ।

पार्टीले ३३ प्रतिशत महिलालाई केन्द्रीय तहमा नराखेको भन्दै निर्वाचन आयोगले दर्ता समेत गरेको छैन् ।  तिनै नविना लामा  उनले यो सरकार अहिलेसम्मकै सबल र हालै जारी गरिएको संघीय बजेट सबैभन्दा उत्तम भनिसकेकी छिन् । तर सांसद लामालाई प्रश्न– के मूल्यवृद्धि गर्ने सरकारलाई केही सुझाव छैन ? नविना र मूल्यवृद्धिबीचको साइनो के ?

नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । नविना लामा खुंखार मूल्यवृद्धिको विरोधमा उत्रिइन् । उनले फेसबुकमा निकै कडा प्रतिक्रिया दिइन् ।

उनले त्यतिबेला देउवालाई अपशब्द नै बोल्दाै उनले कमिशन खाने उद्धेश्यले हप्तैपिच्छे मुल्यवृद्धि गरेको आरोप पनि लगाइन् । तर अहिले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ५ पटकसम्म मूल्य बढाउँदा उनी वेपत्ता जस्तै छिन्। उनले एक शब्द पनि बोल्न अावस्यक ठानेकी छैनन्।

समाजिक सञ्जालमा समेत उनको खोजी भइरहेको छ। मूल्यवृद्धिविरुद्ध नेविसंघ अहिले सडकमा भएपनि सत्तारुढ संगठनहरु भने चुपचाप छन्। अहिले सामाजिक सञ्जालमा अघिल्लाे सरकारकाे पालामा मूल्य बढ्दा उनले गरेकाे फेसबुक अालाेचना भाइरल भइरहेकाे छ। उतिबेला विपक्षीलार्इ खर्चिएका शब्द अहिले अाफैतिर फर्किएपछि नविना कुनै प्रतिक्रिया नदिर्इ गायव जस्तै भएकी छिन्।