काठमाडौं, २२ जेठ – सेयर कारोवारमा सरकारले गत शुुक्रबारबाट लागुु गरेको कर प्रणाली अव्यवहारिक रहेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि आज मंगवलबार सेयर बजार पुर्णरुपमा ठप्प भएको छ । लगानीकर्तारु आन्दोलनमा उत्रिएको र अव्यहारिक कर प्रणाली नहटाएसम्म कारोवार गर्न तयार नभएपछि आज मंगलबार सेयर बजार ठप्प भएको हो ।
नेपाल इन्भेष्टर्स फोरम, पूँजी बजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले र लगानीकर्ता हित संरक्षण मञ्च समेतले तत्काल लाभकर हटाउने व्यवस्था कार्यान्वयनमा ल्याउन माग गर्दे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
लगानीकर्ताहरुले नेपालका आम सेयर लगानीकर्ताहरुको हित बिपरित बिश्वमा कतैपनि नभएको कर प्रणाली लादेर सरकारले सेयर बजारलाई अस्त व्यस्त बनाएकाे भन्दै तत्काल यो व्यस्था फिर्ता लिन माग गरेकाछन् ।
बढाईएको दुुई दसमलव ५० प्रतिसत पुंजीगत लाभकर घटाएर पहिले कै पाँच प्रतिसत कायम गरियोस, छोटो अवधिको कारोवार गर्ने र लामो समयको लागि लगानी गर्नको लागि तीन प्रतिसत र पाँच प्रतिसतको दर कायम गरियोस, आयकर ऐन २०५८ को परिच्छेद ८ को आधारमा बोनस र हकप्रद सेयरमा लगाईएको अग्रिम कर पुरै खारेज गरियोस भन्दै लगानीकर्ताहरुले आन्दोलन गरेका छन् ।
यसबिचमा सोमबार लगानीकर्ताहरु एवं राजश्व सचिव शिशिर ढुुंगानाबिच छलफल भएपनि छलफलबाट कुुनै निष्र्कर्ष निस्कन सकेन । त्यसको प्रभाव मंगलबारको सेयर बजार ठप्प भएको हो ।
मंगलबार पनि लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, ब्रोकर कम्पनी लगायतका संंस्थाहरुमा नारावाजी र घेरावन्दी गर्दा सेयर कारोवार पुर्णरुपमा ठप्प हुुन पुुगेको हो ।