प्राधिकरणले बनाउने भनिएको तमोर जलविद्युत आयोजना चीनलाई दिने लबिङ

काठमाडौं, २३ जेठ – विद्युत प्राधिकरणले निर्माण कार्य अघि बढाएको ७६२ मेगावाटको तमोर जलविद्युत आयोजना चाइनालाई सुम्पिने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा उक्त जलविद्युत आयोजना प्राधिकरणबाट खोसेर चिनियाँ कम्पनीलाई दिने तयारी भइरहेको हो ।

एसियाली विकास बैंकको आर्थिक सहायतामा विद्युत प्राधिकरणले सम्भाव्यता अध्ययनको पुनरावलोकन, विस्तृत डिजाइन र टेन्डर डकुमेन्ट तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटका लागि मूल्यांकन गरिरहेको छ । यस आयोजनालाई प्राधिकरण बाट खोसेर चीनको कम्पनीलाई दिने लगानीबोर्डको लबिङ
भइरहेको छ ।

सस्तो र आकर्षक मानिएको ७६२ मेगावाटको जलाशययुक्त तमोर जलविद्युत् आयोजना सरकारले विद्युत् प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार