https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् दर्ता, दुवै अध्यक्षलाई समान अधिकार

काठमाडौँ, २४ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ ।

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । राजनीतिक दल सम्बन्धि ऐनमा दलको हरेक तहमा एक तिहाई महिला सहभागिताको विषय उल्लेख छ। तर एक तिहाई महिलाको व्यवस्था नगरि नेकपा दर्ता भएको हो।

पार्टीका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गरी दुई अध्यक्ष छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ ।

नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । त्यसअनुसार प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका हुन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार